पीएम: पोखरा र राइजिङ पोखराको जित
पाेखरा | माघ १२, २०८२
पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लब राइजिङ क्रिकेट क्लबले जित हासिल गरेका छन् ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा सोमबार पोखरा क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई १ विकेटले हराएको छ । १२५ रनको विजयी लक्ष्य पाएको पोखराले ३३ ओभरमा ९ विकेट गुमाउँदै १२६ रन बनायो ।
आतिफ मियाँले २१, मुस्कान थापाले २० र सुवाष भण्डारीले २० रन जोडे । लेखनाथका लागि साहिल पौडेल र सुवाष वास्तोलाले ३/३ तथा सज्जन क्षेत्रीले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको लेखनाथ क्रिकेट क्लब ३३.४ ओभरमा १२४ रन बनाउँदै अलआउट हुन पुग्यो । लेखनाथका लागि राजकुमार छन्त्यालले ३०, सहिल पौडेलले २२ र देव यादवले १७ रन बनाए ।
पोखरा क्रिकेट क्लबका लागि सुर्जन गुरुङले ४, देव शाह र प्रज्वल पौडेलले २/२ विकेट लिए ।
यस्तै अर्को खेलमा राइजिङ पोखरा क्रिकेट क्लबले लेकसाइड क्रिकेट क्लबलाई ६७ रनले हराएको छ । लेखनाथस्थित इडन हेवन क्रिकेट मैदानमा भएको खेलमा ११२ रनको विजयी लक्ष्य पाएको लेकसाइडलाई १६.१ ओभरमा अलआउट गराउँदै राइजिङले जित हासिल गरेको हो । लेकसाइड ४४ रनमै अलआउट भए ।
लेकसाइडका लागि मोहम्मद रिजाले १८ र सुमित रौनियारले ९ रन बनाए । राइजिङका लागि अन्जन केसीले सर्वाधिक ६ विकेट लिए । कृष्ण पौडेल र समिर भुजेलले समान १÷१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राइजिङले २२ ओभरमा १११ रन बनाउँदै अलआउट हुन पुग्यो । राइजिङका लागि अनिल गुरुङले ३१, कृष्ण पौडेलले २९ र रोनक झाले २० रन जोडे । लेकसाइडका लागि विकास पाठक र सन्देश शाहीले समान ३÷३ तथा निरज ढकालले २ विकेट लिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

